हरेक बर्ष एउटा बिशेष दिन त्यहा अनेक परिकारहरु बन्थे। हल्ला चलाइन्थ्यो कि त्यो त्यही आसपासका झुपडीमा रहने भोको पेटहरुको लागि हो।
भोकाहरु - रमाउछन।जयजयकार गाउछन। देवता बनाइदिन्छन।
सोझा थिए।एउटा बनावटी मुस्कान र झिनो आशा देख्नासाथ अतितको निर्मम प्रहार चटक्कै बिर्सन्थे। बिशेष दिन हरेक काम छोडेर हल्ला संगै परिकार का बास्ना पिएर बसिरहन्छन। आशातित आखाले बिशेष द्वारतिर हेरेर। हेर्दाहेर्दै बास्ना आउन छाड्यो। चहलपहल घट्दै गयो। रात पर्यो। हल्लासंगै बास्नाहरु हावामा बिलाउछ। भोकहरुले एक घुट्को बेस्वादिलो थुक निल्छन।
झुपडीहरु झोक्राउछन अब फेरि बास्नाका लागि एक बर्ष कुर्नुपर्ने भएकोमा।
0 Comments
Post a Comment