पशुपती आर्यघाटमा दुई वटा चिता सजाइएको थियो। एउटामा मासु अड्किएर निर्जिब बनेको मासु थियो। हस्पिटल मा अक्सिजन अभाब भएकोले अकाल मृत्यु भयो। केही समय अघि उ समाजको ठुलोबडो थियो। भब्य बंगला। गुड्न पजेरो। फोन घुमाएको भरमा मनले चाहेको काम फत्ते। सामान्य मानिसका लागि उसको जीवन पौराणिक पात्र स्वर्गको राजा इन्द्र बराबरको थियो। अब एउटा लास। बेबारिसे छोडिए एउटा सिनो। उ एक काठ तस्करी र भुमाफिया पनि थियो। रुख बेचेर सुख किनेको थियो। श्वास किन्न सकेन। अब जलेर खरानी हुन्छ जमिनको पनि आवश्यकता परेन। मानिसहरु कुरा गर्दै थिए - उ पल्लो चिता छ नि त्यो मानिस जंगलमा भेटिएको रे! जो खान नपाएर मरेको हो रे!