एउटा आयो-ओठ चुड्यो लग्यो।

अर्को आयो शरीर कोपर्यो गयो।
फेरि अर्को आयो
मरणासन्न हुने गरि निचर्यो / पोखियो ।

म मरेछु , मरे पछि थाहा भयो।

मेरो चिहान माथी अनेक रङ्ग का फूल सजाइए।
अर्थात मेरो जस्तै अन्त्य भयो फूलहरुको ।

मेरो लाससंग फूलहरुले बात मारे -
"चम्पा" हुन सकेको भए कहिल्यै लुटिन पर्ने थिएन।

मैले आफैंलाई सोधे- "म चैं को जस्तो हुनुपर्ने थियो?"



यता पनि हेर्नुहोला: 

https://www.facebook.com/groups/679100896271959/permalink/1240575706791139/