दुई छाक हातमुख जोड्न
एउटा पुरै दिन पसिना बग्दथ्यो।
कयौं दिनदेखिको सुनसान शहरमा
पसिना बग्न छोड्यो - खल्ती चुहियो
चुल्हो बल्न छोड्यो
उसको खाली पेट कराउन छोडेन!
उसलाई भ्याक्सिन होइन दुई गाँस भात
मास्क होइन मासको पातलो दाल
स्यानिटाइचरको सट्टा सफा पानी र एक मुठी सास
बस् ! यति भए हुन्थ्यो
सामाजिक दुरीले
उसको ढाड र भारीको दुरी बढेकोले
अभाव को भार बढ्दै थियो।
सरकार भन्छ -घरभित्र नै बस
बसेर भोक नमेटिदो रहेछ सरकार
हुनेलाई परीवार जमघट
बन्छ मिस्ठान्न परिकार
ढकार्दै सामाजिक संजालमा लेख्छन-
सरकारको आदेशको पालन नगर्नेलाई कारबाही गरौ!
हुँदाखानेहरु चाउरिएको अनुहार बोकेर
सम्भावनालाइ चियाउछन।
ए! गरीब जनता आश नगर
सम्भ्रान्त को कुकुर हराउदा सम्पुर्ण संयन्त्र सकृय हुने हो
तिमी त जाबो भुइँमान्छे!
तयार रहनु - रोगले भन्दा भोकले मर्न।
एउटा पुरानो घरको अध्यारो कोठाबाहिर
एकजमात मनिसहरुको हुलथियो
अस्पष्ट आवाज कानमा पर्छ-
भरीयाको नाम्लोले भारी नपाएपछी
नाम्लोले भरिया बोकेछ!
1 Comments
Kuro ramro garnu vayo
ReplyDeletePost a Comment