राजकुमार तामाङ (लो)


जाडो गर्मी सहदै छु , खाइ नखाइ बाच्दै छु
पढ्ने बेला त आयो साथी  म भाडा माझ्दै छु

मेरो जीवन सुख कम दुखै दुखले भरिएको छ
भित्र मनमा पीडा लुकाइ बाहिर निच्च हास्दै छु ।

म काठको कठपुतली जस्तै शब्दहिन भएको छु
होटल मालिक मालिक्निको इशारामा नाच्दै छु

जताततै च्यातिएको छ कुनै सद्दे छैनन लुगा
म मेरो  कपडामा पुराना कपडा टास्दै छु

म गरिव मेरो अबस्था गरिब मेरो भन्नू केहि छैन
तर पनि ठूलो मान्छे बन्ने सपनाहरु साच्दैछु।

" ( गजलका कतिपय नियमहरुलाई नजरअन्दाज गर्ने हो भने  बिध्यालय जीवन मा नै यत्तिको कलम चलाउने हातले भबिस्यमा पक्कै दुनियाँलाई जादु देखाउनेछ। उज्ज्वल भबिस्यको कामना। प्र. )"