परिचय
मानवीय जीवनलाई जोखिममा पार्ने घटनाहरूको श्रृंखलालाई प्राकृती प्रकोप भनिन्छ। प्राकृतिक प्रकोपहरु तब मात्र भनिन्छ जब घटनाले असुरक्षाको स्थितिमा जनधनमा प्रभाव पार्दछ।
यसको मतलव यो हो कि सबै प्राकृतिक घटनाहरूलाई प्रकोप मानिदैन, तर केवल ती जसले मानिसहरूमा असर गर्छन्। उदाहरण को लागी यदि भूकम्पले मान्छेहरूलाई मार्छ र / वा शहर ध्वंश गर्दछ भने, यो प्राकृतिक प्रकोप हो। तर यदि भूकम्पले कुनै क्षति वा पीडितलाई पछाडि छोड्दैन भने यो केवल एक प्राकृतिक घटना हो।
प्राकृतिक प्रकोप प्रकृतिमा प्रकट को रूप अनुसार वर्गीकृत गरिएको छ। अर्थात्:
मौसम वा वायुमण्डलीय: मौसम, वायुमण्डलीय वा मौसमविद् घटनाको कारणले। उदाहरण को लागी: तूफान र आँधीबेहरी।
जलविज्ञान प्रकोप: तिनीहरू पानीका निकायहरूको अनियन्त्रित व्यवहारबाट परिभाषित छन्। तिनीहरू अन्य घटनाहरूको परिणाम हुन्, जस्तै वायुमण्डलीय र भूभौतिकीय। उदाहरण को लागी: बाढी।
भूभौतिकी विज्ञ: पृथ्वीको क्रस्ट र सतहको चालबाट उत्पन्न भयो। उदाहरण को लागी भूकम्प र ज्वालामुखी विस्फोट।
जैबिक :ब्याक्टेरिया, भाइरस वा परजीवीहरू द्वारा उत्पादित जुन गम्भीर, अत्यधिक संक्रामक रोगहरू सार्छ जुन महामारी वा महामारीमा परिणत हुन्छ।
स्थानिक घटना: तिनीहरू हुन्छन् जब अन्तरिक्ष घटनाले पृथ्वीमा जीवनलाई असर गर्छ। उदाहरण को लागी, सौर तूफान।
विशेषत: बाढि, पहिरो तथा भुकम्प जस्ता प्राकृतिक प्रकोपहरुबाट नेपाल उच्च जोखिममा छ। भुकम्प तथा मिश्रित विपत्तिहरुको जोखिमका सन्दर्भमा नेपाल क्रमश: ११औं र १६औं स्थानमा रहेको छ। भारतीय र युरोसियन जमिन एक-आपसमा ठोक्किएको भुभाग माथि नेपाल अवस्थित छ, जसको कारण यहाँ ठुला भुकम्पहरु बारम्बार गईरहन्छन्।
मेपलक्रफ्टको जलवायु परिवर्तन जोखिममा रहेकाहरुको सुचीमा नेपाल चौथो सबैभन्दा जोखिममा रहेको मुलुक भनिएको छ जस अनुसार नेपालको स्थान “सर्वोच्च जोखिम” को समुहमा पर्दछ। नेपाल जलवायु परिवर्तनका असरहरुबाट पनि जोखिममा रहेको छ र यहाँ तापक्रम बढ्दै जानुको साथै वर्षा पनि अनियमित हुने गरेको छ।
जलवायु परिवर्तनका कारण खडेरी, बाढी तथा प्रतिकुल मौसम आइपर्नु जस्ता प्राकृतिक प्रकोपहरुको सम्भावना बढ्दै जान्छ। यसको फलस्वरुप महामारी र सुख्खापन फैलिनुका साथै समुदायको जनजीवन र कृषि उत्पादनमा प्रतिकुल असर पर्दछ। जलवायु परिवर्तनले सबै क्षेत्रमा असर पार्ने भएतापनि विपदको अवस्थामा सबैभन्दा शुरुमा बालबालिकालाई धेरै जोखिम हुने गर्दछ। यस्ता प्रकोपहरुले बालबालिकालाई शारीरिक र मानसिक जोखिम पार्नुको साथै वयस्कहरुमा भन्दा उनीहरुमा उक्त असर लामो समयसम्म रहन्छ। २०७२ को भुकम्पमा ८,९०० जना भन्दा बढिको ज्यान गुमेकोमा लगभग ३३ प्रतिशत बालबालिका थिए।
हाल विद्यमान असमानतालाई जलवायु परिवर्तनले झनै कठिन बनाउँछ। बाढि र पहिरो जस्ता यससँग सम्बन्धित जोखिमहरु विद्यमान उच्च गरिबी र खानेपानी तथा सरसफाई जस्ता अत्यावश्यक सेवाहरुको पहुँचसँग मिसिन जान्छन् र नेपालको सन्दर्भमा देशका सबैभन्दा पिछडिएका प्रदेशहरु, मध्य-पश्चिम वा कर्णाली प्रदेश र दक्षिणी तराईको प्रदेश २ ले कैयौं पटक खडेरी र बाढीको सामना गरिसकेका छन्।
कारणका आधारमा प्रकोप को प्रकार
प्राकृतिक प्रकोप दुई आधारभूत कारणहरूको उत्पादन हो: एकतर्फी, उच्च तीव्रता घटना प्रकृति द्वारा उत्पादित, र अर्कोतर्फ, मानवीय हस्तक्षेप द्वारा प्रेरित प्राकृतिक घटना।
प्रकृति को घटना द्वारा
तिनीहरू प्राकृतिक घटनाहरूले उत्पादित ती विपत्तिहरू हुन् जसले सामान्यताको सीमा नाघ्छन्, यसैले तिनीहरू मानव अस्तित्वको लागि खतरा हो। उदाहरण को लागी भूकम्प र ज्वालामुखी विस्फोट।
यस प्रकारको घटनाले पृथ्वीको जीवन चक्रको रूपान्तरण र अनुकूलनको प्रक्रियालाई जवाफ दिन्छ र मानवबाट स्वतन्त्र छ। त्यसकारण, घटना आफैलाई रोक्न सकिदैन, जबकि तिनीहरूको क्षति प्रायः खाली ठाउँ वा आकस्मिक योजनाहरूको साथ कम गर्न सकिन्छ।
मानवीय कार्यबाट
अनियन्त्रित र अपमानजनक प्रकृतिमा प्रकृतिमा मानव हस्तक्षेप प्राकृतिक प्रकोपको एक कारण हो, किनकि पारिस्थितिक प्रणालीमा अन्धाधुन्ध परिवर्तन गरेर, धम्कीपूर्ण परिवर्तनहरू बचाउनको लागि प्रेरित गरिन्छ मध्यम या लामो अवधिमा।
उदाहरण को लागी, वन कटान, खडेरी, केहि प्रकार का तूफान वा मौसम परिवर्तन। मानव निर्मित प्राकृतिक प्रकोपहरू हुन्छन् र त्यसैले रोक्न सकिन्छ।
नेपालका सन्दर्भमा : प्रकोपका कारणहरु
हरेक वर्षायाममा पहाडमा पहिरो तथा तराइ र समथर भुभागहरुको डुबान का कारण जनधनको अपुरणिय क्षति हुने गरेको छ । यो विभिषिका घट्नुको साटो हरेक वर्ष अझ विकराल रुपमा बढ्दै गइरहेको छ ।
यस्तो विषम परस्थिति मानवजन्य क्रियाकलापबाटै सिर्जना भइरहेको छ ।
जनतामा चेतनाको कमी। सरकार र सरकारका अंगहरुले नीति नियमको परिपालनामा कडाइ नगर्नु। क्षणिक नाफा घाटाको हिसाब मिलाउन दिर्घकालिन असर पर्ने निर्णय गर्नु जस्ता कारणहरु प्रकोप सृजना गर्ने उत्प्रेरकका रुपमा रहेका छन।
केही प्रमुख कारणहरुलाइ निम्नानुसार प्रस्तुत गरिएको छ:
१) नदीजन्य स्रोतको अवैज्ञानिक उत्खननः
नदीजन्य स्रोतहरुको अवैज्ञानिक उत्खनले गर्दा नदीको आधार कतै होचो र कतै अग्लो हुने गर्छ। जसले नदीको गतिमा अनियमित प्रवाह उत्पन्न हुन जान्छ। पानीको प्रबाह कतिखेर वृद्धि हुन्छ र कहाँ कटान गर्न पुग्छ आकलन गर्न कठिन हुनजान्छ।
२) पहाडमा जथाभावी बनाइएका सडकः
पहाडमा हिउँदमा डोजर लगाएर सडक खन्ने गरिन्छ । अबैज्ञानिक तबरबाट खनिएका ती सडक ले बर्षायाममा पहिरोको उच्च जोखिम निम्त्याउछन। ती सडक र ती सडकमा गुड्ने गाडीको कम्पनका कारण हुने भूक्षयलले नदीहरुमा पानी र लेदो बराबरजस्तो हुने अवस्था सिर्जना भएको छ ।
वर्तमान अवस्थामा नदीको जलस्तर वर्षातमा हृवात्तै बढ्नु र हिउँदमा हृवात्तै घट्नुमा यही कारण हो । तर, पहाडमा जथाभावी सडक बनाउने उन्मादमा कुनै कमी आएको छैन ।
परिणामतः पहाड माटोविहीन भएर चट्टाने ढिस्कोमा परिणत हुने खतरा बढेर गएको छ भने तराईको भूभागमा पहाडको ग्रेगरको थुप्रोमा परिणत हुन गएको छ । यो उन्मादमा रोकावट नआएसम्म न पहाडमा पहिरो रोकिनेवाला छ, न तराईमा बाढी र डुवान नै ।
बाढी/पहिरोका घटना तिनै ठाउँमा दोहोरिएका छन् जुन ठाउँमा जथाभावी पहाड काटिएर डोजर आतंक सिर्जना गरिएको छ। नेपालको मध्यपहाडी मार्ग बनाउने नाममा होस् कि छिटो विकास गर्ने र समृद्धिको छलाङ मार्ने नाममा वातावरणीय मूल्यांकनलाई मात्र कर्मकाण्डी पाराले झारा टार्ने र एउटा प्रोजेक्टको रिपोर्टलाई अर्को प्रोजेक्टको यस्तो मूल्यांकन रिपोर्टमा नाममात्र फेरेर गरिने कपी पेस्टका कारण सिर्जिएको हो। द्रुतमार्ग निर्माणको यस्तो वातावरणीय मूल्यांकन यतिखेर अदालतमा विचाराधीन छ।
तराई र पहाडको माटो विनाश गर्ने यी पहाडी सडकहरुको निर्माण रोक्ने संकेत कही पनि देखिएको छैन ।
३) जलप्रवाह क्षेत्रको वन संरक्षणमा उदाशीनताः
जल प्रवाह क्षेत्रमा सदावहार वनहरुको अपरिहार्यता हुन्छ, पहिरो र भूक्षय नियन्त्रण तथा पानीको सौम्य प्रवाहका लागि । तर, जलप्रवाह क्षेत्रमा सदावहार वनको विकास र विस्तारमा चरम उदाशीनता छ । वन विस्तारका नाममा फैलिएका सल्लाका वन र एकै प्रजातिका वनका कारण माटो खुकुलो हुने र झाडीको अभावमा पहाडमा भूक्षय र पहिरोको खतरा अझ बढेर गएको छ ।
४) अवैज्ञानिक वस्ती विकास र शहरीकरणः
पहाड र तराई दुवैतिर अवैज्ञानिक वस्ती विकास र शहरीकरणको उन्मत्तता थामिने कुनै लक्षण देखिएको छैन । पहाडमा नदी छेऊमा भैरहेको वस्ती विकास र तराईमा वर्षाको पानीको प्राकृतिक प्रवाहलाई प्रभावित गर्ने गरी भएको शहरीकरणका कारण बाढी पहिरो र तट कटानमा यो भयावह सिर्जना भएको हो ।
५) नदी किनारामा वस्ती विकासः
नदी किनारमा वस्ती विकास गर्नु प्राकृतिक नियमको विपरीत विषय हो । नदीको दुवैतर्फ निश्चित चौडाइका कडा काठका ठूला ठूला जंगलहरु र बेत बाँस जस्ता काँडेदार भाडीहरु हुनु आवश्यक छ । तर, यो विषयमा कहिल्यै ध्यान दिइएको छैन । बरु तटवर्ती क्षेत्रमा शहर विकास गर्ने आत्मघाती शैलीमा तीव्रता दिन थालिएको छ ।
६) पहिरो नियन्त्रणमा उदासीनताः
पहिरो जान नदिन जोखिमयुक्त क्षेत्रको पहिचान गरी पूर्व रोकथाममा उपायहरु अपनाउनुपर्ने हो । यसैगरी एकचोटि पहिरो गएको स्थानलाई थप पहिरो जानबाट रोक्न पनि त्यत्तिकै तदारुकता देखाउनुपर्ने हो ।
तर, कतिबेला पहिरो जाला र हेलिकप्टरले मानिस ओसारौंला भन्ने शैलीमा हाम्रा सक्रियताहरु केन्दि्रत हुन थालेका छन् परिणामतः नयाँ नयाँ स्थानमा पहिरो जाने र पुरानो पहिरोको क्षेत्रफल विस्तार हुँदै नदीमा थप लेदो बग्न गई बाढीको विभिषिका भीमकाय हुँदैछ ।
७) बाढीको प्रवाह नियन्त्रणमा उदासीनताः
बाढीको प्रवाह नियन्त्रण गर्न ठूला-ठूला वाँध र कृत्रिम तालहरुको सिर्जना गर्नुपर्दछ, ता कि वषर्ातको अधीक जल सञ्चय गरी सुख्खायाममा तल्लो तटमा प्रवाह गर्न सकियोस् । तर, यो रणनीतिमा राष्ट्रिय र क्षेत्रीय अवधारणा नै बन्न सकेको छैन । परिणामतः नेपाल, भारत र बंगलादेश वषर्ामा बाढीबाट र हिउँदमा सुख्खाबाट पीडित हुन परिरहेको छ ।
८. असारे विकास
प्रदेश सरकारका अधिकांश बजेटको खर्च असार महिनामा भएको देखिएको छ। बजेट मा छुट्याइएको अधिकांश रकम असारमा खर्च हुनुले असारे विकासका नाममा सरकारको अर्बौँं रकम कसरी दुरूपयोग भएको छ भन्ने प्रष्ट्याएको छ। हतारमा गरिने यसप्रकारको कामको गुणस्तर र बन्ने कमजोर भौतिक पूर्वाधार नै विपत् निम्त्याउने कारण हुन र प्राकृतिक प्रकोपको सानो धक्काले मानिस र जिउधनको विनास गर्ने हुनु दुर्भाग्यपूर्ण छ ।
९. अनियन्त्रित जग्गा प्लटिङ
देशभर घडेरी बनाएर महँगोमा जग्गा बेच्न जग्गा दलालहरूले हरेक ठाउँका घोल खेत, पोखरी भिराला जग्गा सार्वजनिक स्थलहरू पाटी पौवादेखि गुठीसम्मका जग्गामा धावा बोलेका छन्। कुलो, नदी, किनार सबैलाई चौतर्फी आक्रमण गरिएको छ। सहरमा खोला पसेको होइन, सहर खोलामा पसेको हो
प्राकृतिक प्रकोपको नतीजाहरु
प्राकृतिक प्रकोपको परिणाम प्रकोपको प्रकार, यसको परिमाण र यसको स्थानमा निर्भर गर्दछ। तर सामान्यतया, प्राकृतिक प्रकोपले निम्न क्षति निम्त्याउँछ:
मानव जीवनको घाटा;
रोगहरूको फैलावट
पूर्वाधार र आवासको विनाश;
आधारभूत सेवाहरूको अवरोध;
टोपोग्राफिक स्थान को रूपान्तरण;
पानीको क्रममा विचलन;
क्षेत्रको ईकोसिस्टम र जीवन स्थितिको रूपान्तरण
प्राकृतिक प्रकोप न्युनिकरणका उपाय
१. नदी श्रोतमा अवैज्ञानिक उत्खनन् बन्द गर्ने र आवश्यक पर्ने निर्माण सामाग्री नेपाल सरकारले आफ्नै संयन्त्र बनाई उत्खनन् एवं वितरण गर्ने
२. पहाडमा सडक मार्गलाई रञ्जुमार्ग र केवलकारले विस्थापन गर्ने र रणनीतिक महत्वका नभई नहुने राष्ट्रिय राजमार्ग बाहेक पहाडी क्षेत्रमा सडक बनाउन प्रतिवन्ध लगाउने ।
३. नदीमा तटवन्ध गर्दा वषर्ाको पानीलाई आधार पानी त्यो सीमा भन्दा बाहिर पानी जान नपाउने गरी अग्ला पर्खालहरु लगाउने र वर्तमान टी आकारका तटवन्धलाई विस्थापन गर्ने
४. जलप्रवाह क्षेत्रमा सदावहार वनको विकास गर्ने र त्यस्ता संवेदनशील क्षेत्रमा कुनै पनि प्रकारका विनाशक क्रियाकलापमाथि प्रतिवन्ध लगाउने
५. पहाडमा माटो बग्न रोक्ने गरी वस्ती विकास गने र तराईमा पानीको निकासमा बाधा नपर्ने गरी शहर वस्ती विकास र अन्य संरचनाहरु निर्माण गर्ने ।
माथिल्लो वस्तीलाई डुबानमा पर्ने गरी तल्लो वस्तीमा कुनै पनि प्रकारका वस्तीविकास निर्माणजन्य गतिविधिहरुमा प्रतिवन्ध लगाउने ।
६. नदीका दुबै किनारामा वन करिडोरको व्यवस्था गरी ती क्षेत्रमा कुनै प्रकारका वस्तीहरु विकास नगर्ने र भएका वस्तीहरु व्यवस्थित रुपमा भित्री क्षेत्रमा स्थानान्तर गर्ने
७. पहाडमा गएको पहिरो र पहिरो जाने सम्भावित क्षेत्रमा रोकथामका कार्यक्रमहरु व्यापकरुपमा सञ्चालन गर्ने । सम्भावित क्षेत्रमा पहिरो रोक्ने गरी वन क्षेत्रको विकास गर्ने
८. पहाडी भेगमा नदीहरुको वर्षातको बाढीलाई एक्कासी तराई क्षेत्र वा बेंसीसम्म पुग्न रोक्न ठूला ठूला सरोवरहरु बनाउने र ती सरोवरलाई जलविद्युत र सुख्खा याममा सिंचाइँका लागि प्रयोग गर्ने । यसका लागि भारत र वंगलादेशसँग मिलेर संयुक्त प्रकल्पहरु सञ्चालन गर्ने।
अत: सबै ले आआफ्नो ठाउँ बाट प्रकृति मैत्री भएर दैनिक क्रियाकलाप गर्ने । नीति निर्माताले सहि निर्देशन दिने र जनताले पनि अक्षरस: पालना गर्ने। कोहि पनि दबाब र प्रभाव मा आएर मानबिय अस्तित्वलाई नै संकटमा पार्ने गरि कुनै पनि प्राकृतिक नियम को उल्लंघन नगर्दै दिगो बिकासको अबधारणामा जोड दिएर अघि बढ्ने हो भने प्राकृति प्रकोप केबल एक प्राकृतिक घटना मात्र बन्नेछन । बिपत बन्नेछैन।
0 Comments
Post a Comment