उसले खुशी दिनु अघि पिरमा राख्यो।
रहर रंगिन बनाउन अबिरमा राख्यो
पत्थर ठानेर कसैले महत्त्व दिएनन्
साधुले देवता देखेर शिरमा राख्यो ।
भुकम्प र तिम्रो याद उस्तै उस्तै लाग्छ
सोच्दैछौ अझै मन कसरी थिरमा राख्यो।
कमाउन रमाउन भाग्यमा हुनुपर्छ रे
के उ जन्मिदै गरिबी तक्दिरमा राख्यो ।
अचेल नजरहरु टोलाइ रहन्छन मात्र
मनले आखालाइ कस्तो शरीरमा राख्यो
0 Comments
Post a Comment