आवश्यकता को बुट बज्रिएपछी
मजबुर भएर
म जब दुर गए घरबाट।
गुडमा बचेराहरुका साथ
आशक्ती रोयो।
स्वार्थ मुस्कुरायो।
म संग त क्रूर बाध्यता थियो
काँँडा जस्तो समाज र कमजोर पैताला थियो ।
कपटी इन्द्रियको पकडमा पर्यो कलिलो मन
प्रतिबन्ध थियो आँखा ले आकाश हेर्न।
बुझ्दैछु- सबैभन्दा तानासाह नियती हुँदोरहेछ ।
1 Comments
Nice guru
ReplyDeletePost a Comment