क्षणिक खुशिको लागि
क्षणिक हासोको लागि
अनन्त खुशी
अनन्त हासो
भ्रमको आवारणले ढाकेर
चक्षुलाई अज्ञानताको चउरमा चराइरहेछु।

शब्दको ढुंगा उसले थुपार्यो
मुटुम ठेस लाग्यो
बग्रेल्ती बराल्लिएका बिचारहरु
तरङ्गित हुँदै तैरिरहेछ्न।

म भित्र अस्तित्व को छाल उठ्छ।

म त्यो हु - यो होइन।
म यो हु - त्यो होइन।

आखिर को हु म?

अनादि देखि उब्जिएको प्रश्न
यो पटक पनि केबल प्रश्न नबनोस...

उत्तर को खोजिमा
अनन्त को यात्रामा निस्कदैछु।