अब्यबस्थित
खै कस्तो जिन्दगी यो
गन्तब्यहिन।

भरोसा छैन
बिश्वास छ आफैमा
मौसमी साथ।

गुनासो मेरो
म भित्रको म संग
सत्य सकस।

आमाको काख
अतुलनिय प्रेम
घरको याद।

मनमा घर
परदेशमा देह
आशिष साथ।