१.  कुन संयोगले
आँखा जुध्छ
शिर झुक्छ
ओठ आफै आफै मुसुमुसु हास्छ
केही संकोच
केही लाज
फेरि चोर नजरले हेर्ने रहर
फेरि एउटै स्वर निकाल्छ्न चोर नजरहरु
कस्तो अनुभूति ...
कस्तो आनन्द ...
प्रेमको पहिलो घुट्को कति मीठो।

साथिको जन्मोत्सव
खुशी को दिन
उसका शब्दहरुलाइ बेवास्ता गर्न मिलेन
बस्नै पर्यो - सबै साथिहरुसंग
एउटै टेबलमा
उस्तै गिलास
उहि रङ को झोल लिएर
लामो आयुको कामना सहित
चियर्स गर्दै
मुख भित्र थोरै चुहाए
पर् पर् .. टर्राे घुट्को कति नमिठो।

२. उनलाइ हेर्ने रहर
    अंगालोमा बेर्ने रहर
प्रेम माला र खुशिको थुङगा ले सजाउने रहर
उनी हुँदा समय कति छिटो चलेको
मौनतालाइ चिरेर बोल्न नपाउदै
समय त भागीदिन्छ
पिइरहु जस्तो उनको रुप
जति पिए पनि प्यास नमेटिने उनको प्रेम
प्रेमका प्रत्येक पेगहरु मिठा मिठा ।


कुनै साथी पिरमा हुन्छ - जम्ने तरखर
केही खुशी मिल्छ - जम्ने तरखर
योग होस या बियोग
कस्तो चिज रहेछ
जे मा पनि उसकै उपस्थिती
हरेकपल्ट
हरेक घटनाको साक्षी बन्दै
आँखा चिम्लिएर
मुख कुच्याएर
घुटुक्क पार्छु - सकस संग।
प्रत्येक पेगहरु नमिठा- नमिठा।

३.  अचानक
के हुन्छ उनलाइ
कसैको नजर लागेर हो
या रहर जागेर हो
या मन फाटेर हो
या तन साटेर हो
बिना गल्ती
बिना सुचना
उनी हराउछिन

अकस्मात खबर सुन्छु-
उनी त आफ्नै मान्छे सङ छिन रे!
झस्किन्छु
उनी ले त मलाई आफ्नो मान्छे भन्थिन
फेरि को हो त्यो आफ्नो?
जताततै चर्चराउने
बिझाउने- दर्फराउने ..
छ्या ! कस्तो नमिठो माया।

अरुको नाममा
अरुको सुख- दुखमा पिउदा पिउदै
आँखा चिम्लिएर
घुटुक्क पार्दापार्दै
आफ्नो पालो आयो
पिए सजिलैसँग
पिइदिए बोतल
रित्याइदिए उनका यादहरु
आहा! कति मीठो छ प्रत्येक पेगहरु।