कविता : गुँड
चरी आउन सिकाइदेउ
मलाइ पनि एउटा गुंड बनाउनुछ ।
तिमीले जस्तै त्यान्द्राहरु बटुल्दै
मेहनतका
रहरका
बिश्वासका
सपनाका
खुशिका
अतितका दुखका
भबिस्यका सुखका
जिबनका उतारचढावका प्रत्येक कोषहरुका
बनाउनु र सिगार्नुछ एउटा सुन्दर गुँड
उनी र म बस्ने।
मात्र उनी र म।
0 Comments
Post a Comment