क्षणिक छन् हर चिज यहाँ ,प्रगती होस या प्रलय
जसरी भएको थियो ,बिष पछि अमृतको उदय ।
भोग्नेलाई त केवल पीडा थियो दर्द भरिएको
सम्भ्रान्तलाई भोकोपेट हुनसक्छ नौलो विषय
बिश्वासको एक झिल्को काफी छ बाच्नलाई
जसरी एक पाइलाबाट हुन्छ लामो यात्राको तय।
हिजो सास बन्धकी राखेर ब्युतिएको एउटा लास
आज लाग्दैछ उसलाई बाचिन्छ कि भन्ने भय।
कोइला भनेर कुल्चिएथे ,हिरा बनेर चम्कियो
अन्तिमसम्म टिकिरहन सक्नेको हुन्छ बिजय।
0 Comments
Post a Comment