(१) बेदना
हाम्रो दुख मेटाइदिन्छ भन्ने बिश्वास रहेन
जस्तो सुकै शासन पनि हाम्रा लागि भएन
जनताको त्याग र बलिदानले बनेको देश
पानीका फोकालेनै पानीको मुहान चिनेन
(२) हिसाब
रित्तो भाडो रित्तो पेट भरिन्छ कसरी?
अभाबको सागर यो खै! तरिन्छ कसरी
नहुने भोकले मरे, कमाउनेलाइ कमिसन
पाप धर्मको हिसाब यहाँ गरिन्छ कसरी ?
(३) अहम
प्रार्थना छ जहाँ जहाँ पर्यो कोरोना कदम
मार्दैछ, मर्दैछन जन संगै जिबितका अहम
के भन्छौ तिमी प्रकृति ठूलो हो या बिज्ञान
अहिले नहटे कहिले हट्ला इन्दृयको भ्रम
0 Comments
Post a Comment