शुभयात्रा


समय सधै सोचेजस्तो त कहाँ हुन्छ र
केही छिनको लागि हिडेको
बर्शौ लाग्न सक्छ फर्कन
तर
बाध्यताले अल्झाएको तिमी
आज घर जादैछौ - शुभयात्रा।

मन हुदैन र सङ्गै बस्ने
आमाले पकाएको परिकार खाने
भाइबहिनी संग जिस्कने
परिवारका सदस्य संग साथै रहने
जिम्मेवारीले जेलिएको तिमी
आज घर जादैछौ - शुभयात्रा।

रहरलाइ करले थुनेर
इज्जतलाइ संस्कारले सजाएर
बर्शौ देखि बतास संग बात मारिरहेको
महिनौ देखि यादले अनिदो रहेको
हप्तौ देखि सम्झनाको सुगन्ध पिइरहेको
तिम्रो -
शब्द
दृस्टी
चेतना
अनायस खुशिले नाचीरहेका छन
मिलनको ब्यग्रताले आत्तिएर दौडिरहेको तिमी
आज घर जादैछौ - शुभयात्रा।

शुभ बितोस समयहरु
पूरा होइन आकांङ्क्षाहरु
सफलता टिपुन लक्ष्यहरुले
सपनाको शहरमा पुग्न आटेको तिमी
आज गन्तव्य तिर लम्कदैछौ- शुभयात्रा ।
आज घर जादैछौ - शुभयात्रा। 

https://youtu.be/YgOYp2sPm2o