अचेल तिम्रै बारे सोच्न थालेको छु

निदरिमा झस्किएर खोज्न थालेको छु

कुरा मिल्छ,बिचार मिल्छ मन मिल्न बाकि छ

बगैँचा पुग्दा गुलाफ रोज्न थालेको छु।