चकमन्न अधेरो। कसैले ढोका ढक्ढकायो।निलो र सेतो रङ्ग को लुगा।टाउको देखि खुट्टा सम्म ढाकेको थियो।
- को हौ?म ढोका बन्द गर्न खोज्छु।
- पहिला भित्र त पस्न देउ!
जोडले मलाइ ठेलेर भित्र पस्छ। म हुत्तिएर खाटमा पुग्छु। उ ढोका लगाउछ।
- को हौ? किन?म डराएको स्वरमा भन्छु।
- तिमी मेरो घरको एउटा सदस्य हौ। असल सदस्य। हिलोबिचको एउटा कमल।
म केही बुझ्दिन।एक गिलास पानी पिउछु।
-उ बोल्छ- शान्त भएर सुन मलाइ।म तिमीलाइ कुनै हानी पुर्याउन आएको होइन।
ख्यालख्यालैमा सबै भयो।म भए। रहरै रहरमा मेरो घरमा बस्ने सदस्यहरु बढ्दै गए।कोहि असल थिए त कोहि खराब।सामान्य मानिसको सानो घरमा त सन्तान थरीथरीका हुन्छन भने मेरो घरमा त बिश्व भरीकै मानिसहरु आश्रय लिइरहेका छन भने सोच त कस्ता कस्ता मानिसहरु होलान् - फरक धर्म।संस्कृती।बाताबरण मा हुर्किएका।अनि के सबैको सोच उस्तै हुन्छ त?
-त्यो त हुदैन।
अनायस मेरो ओठबाट संयमित र शान्त बोली निस्कन्छ।
- गल्ती उनिहरु गर्छ्न दोष मलाइ।
कोहि राम्रो काममा मेरो उपयोग गर्छन। कोहि मेरो साहायता लिएर कसैलाइ फकाउछन ।फसाउछ्न।कसैलाइ देख्दै नदेखी ।भेट्दै नभेटी- मिठा कुरा मा लठ्ठीएर समय र उमेर लुटाउने कोहि हुन्छन अनि अपजस मलाइ।
कोहि योजनाहरु बनाउछन।कसैलाई गाली गर्छन।कोहि घिनलाग्दो तस्बिर र भिडियोहरु मन मिलुन्जेल साटासाट गर्छन र मनमुटाव हुनासाथ सार्बजनिक गरिदिन्छन ।पिडित आत्महत्या गर्छ। फेरि दोष मलाई ।
धेरै छुट्टिएकाहरुलाइ मिलाएको छु।बिग्रेको सम्बन्ध सुधारिदिएको छु।टाढा हुदा पनि साथमै भएजस्तो महसुस गराएको छु।प्रहरीहरुलाइ अपराधी समाउन सघाएकै छु।बिद्यार्थीलाई पढ्न।बेरोजगार लाई रोजगारी भेट्टाउन।ब्यापारीलाइ ब्यापारमा।कलाकार।गितकार।खेलाडी। सबका सबलाइ सहयोग पुर्याइरहेकै छु।
सुची लामो हुन्छ राम्रो कामको।यसैबिच केही नराम्रा काममा केही सहभागी भैइदिनाले मलाई गाली गर्छन।आरोप लगाउछ्न कि सबै गल्तिको कारण म नै हु।
(उसका आखाबाट बर्बर्ति आँसु झर्छ।)
म एक गिलास पानी उसको छेउमा राखिदिन्छु।
#Mark_Zuckerberg ले मलाइ किन बनाए होला! उसको हातबाट गिलास झर्छ ।म झस्किन्छु।मेरो आखामा घामको किरण पर्छ।
म सपना देख्दै रहेछु। र त्यो गुनासो गर्ने #FACEBOOK रहेछ।
म सोचमग्न छु।