बाटो मुनिको फुल.

         

हजुर .. लौन ! बचाउनुपर्यो ?
-एउटा जनता बचाउनुपर्यो?
- एउटा कलाकार
- अनि देशभत्त नागरीक ...

को जनता?
- जाबो एक भोट
एउटा खुड्किलो
एउटा झरेको कपाल
प्रयोग गर्ने दिन अर्को पलाउछ
पारीबाट एक ट्रक ल्याउला।

को कलाकार ?
-जावो शब्दका जाल बुन्नेहरु
चटके / नाटकी / बिरोधि
कलमले - अभिनयले थर्काउने
एउटा व्यंग्य बाट छुटकारा।

को देशभत्त?
कस्तो खुशी को कुरा
यस्ता हरिश्चन्द्रहरु बाटोका काडा हुन् ।
हाम्रो इशारामा ननाच्ने हाम्रा नै होइनन् ।

के सोच्दै हुनुहुन्छ? लौन! सहयोग गर्नुस।
- माफ गर्नुहोला!
म नियम मा बाधिएको छु।
लिनुहोस् मेरो ब्यत्तिगत तर्फबाट ।

थोरै भिख दिएर निस्कन्छन्
झुपडीबाट महलहरु ।

अर्को दिन
हेडलाईन बन्छ -
बिरामी नेताको उपचारको लागी
करोडौ निकासा गरियो।

नियम त बाटो मुनिका फूलका लागि हो।


सत्ताका खासहरु उपचारका लागि बिदेश उड्छन ।
निरीह सासहरु उपचार नपाएर धर्ती छोड्छन।