नेता ....




नेता बन्न
कुनै काम गर्नु पर्दैन
गफ गरे हुन्छ।

न पढ्नुपर्छ
न कुनै असल चरित्र हुनुपर्छ
लगानीमा -
छानेर खिरको भाडोको चम्चा बन्नुपर्छ
दुई चार बिरोधिको टाउको फोर्नुपर्छ
केही समय जेल बस्नुपर्छ ।
आँखा नाक कानमा यस्तो सिस्टम इन्सटल गर्नुपर्छ।
कि - आफ्नाका आची बास्नादार
अर्काका मिस्ठान्न बेकार
आफ्नाका बोली देववाणि
अर्काका स्वर गन्हाउने डकार ।

अब आशीर्वाद मा
लाभको पद
सम्पत्ती चाहेजती
शत्ति  सकेजती
सम्मान ओ.. अपच हुनेगरी

यिनलाई मर्न नै पर्दैन जस्तो लाग्छ कि के हो?
कात्रोमा पनि गोजि हुन्छ ठान्छन् कि के हो?
देख्दा त यस्तो लाग्छ
देख्दा त यस्तो लाग्छ यिनको चालामाला
मरेपछी पनि सबै आफै लान्छन कि के हो?