पुल
रहर,
एउटा पक्की पुल बन्ने
तिमीलाइ सुरक्षित र भरपर्दो यात्रा गराउन।
सकिन भने -
झोलुङे पुल बन्ने कोसिस
तिम्रो जिवनलाई सुगमतातिर डोर्याउन ।
कोसिस रहनेछ-
काठको फड्के भनेनी बन्ने
तिमीलाई ज्ञानको बगैंचा पुर्याउन।
के छ र स्वार्थ?
तिम्रो उज्वल भबिस्यको कामना सिबाय।
बिहान देखि साझ सम्मको मेरो कराई
मेरो निमित्त थोरै
तिम्रा निमित्त बढी महत्वपूर्ण छन् ।
अन्तिम श्वाससम्म
म नै तेर्सिनेछु
टेक मज्जाले मेरो छातिमा
र , पारी जाउ
जहाँ , फुल्नेछ तिम्रो सुन्दर भबिस्य ।
0 Comments
Post a Comment