समुद्र
मेरो देशमा समुद्र छैन
तर मेरो देश आफैंमा एक समुद्र हो।
यहाँ बेला बेलामा सामुदि्रक आधि आउँछ।
एक निमेष तरङित हुन्छन् पानीका थोपाहरु।
त्यसपछी फेरि निकै समय
बगिरहनेछ समय शान्त।
हुन त शान्त देखिएको समुद्र भित्र
हरेक प्रहर ब्यासहरुले सृजना गरिरहनेछन् महाभारत।
आरोप/ प्रत्यारोप चलिरहनेछ
चक्रिय क्रममा पाण्डव र कौरवहरुको।
ए! तेह्रदिने दाजुभाइ
ए! साथी
ए! छिमेकी
ए! गाउँले
जे देखिन्छ , त्यो नहुन सक्छ।
जे हुँदैन , त्यो देखिन सक्छ।
आउ हामी फेरि भुलौं
बिचारहरुको प्यारडँक्समा।
डर छ कतै यो समुद्रमा
निर्माण हुने हो कि नयाँ बर्मुणा?
-0-
0 Comments
Post a Comment