लघुकथा : खुशी
गालामा आशुका टाटा प्रस्टै देखिन्छ।कान र घाटिमा केही डोब छ- सायद त्यहाँ पहिले कुनै गहना थियो।र, अब बेचिएको हुनुपर्छ। रामप्यारी अमिलो अनुहार बनाउदै बोल्छिन- भरेदेखी छाक कसरी टार्ने हो। चामलको बोरा टक्टक्याउदै खाटमा पल्टिरहेको श्रीमानलाइ हेर्छिन। जो श्वास किस्ताबन्दीमा फेरिरहेको छ पुर्याइपुर्याइ।रित्तो मनले भरिएको बाल्टिनबाट एक अम्खोरा पानी चामलमा खन्याउछिन। मनमा नअटेको पिर पोख्छिन – यो महामारीले भन्दा पनि भोकमरीले लाने भयो। श्रीमतिको कुराको उत्तर आशुले दिन्छ। कृष्णराज दिनभर ज्याला मजदुरी गरेर दुइचार पैसा कमाउथ्यो। शहरबजारको बन्दाबन्दी अनि शरिरमा रोगको असर। त्यही पैसा अभाब ले हस्पिटल जान नसकेरआलटाल गरेर अलिअली सास फेर्दैछ। - ज्यां.. दाल र तेल पनि यो छाकलाई मात्र पुग्ने भो! रामप्यारी धोतिको मैलो फेरले आँसु पुछ्दै फेरि बोल्छिन- अब त बेच्ने पनि केही छैन। ऋण माग्न पनि पुरानो तिरेको छैन । - बिष ...किन्न ...पुग्ने ..पैसा नि भएन..... खाटबाट एउटा कापेको निरीह स्वर रोकिदै रोकिदै आउँछ। रामप्यारी निर्जिब बन्छे। केबल आशुको धारा अटुट बग्छ। कृष्णराजको छातिमा टाउको टेकाउदै रुन्चे स्वरमा भन्छे – के बोल्नुभएको त्यस्तो? यो पेटको बच्चाको लागि पनि हामिले हिम्मत हार्नु हुदैन। झमक्क साझ परेको थियो। रामप्यारी को एक गासको लागि दिनभरको प्रयासहरु निरर्थक रह्यो। दुबै आखाभरी आँसु उमारेर चुपचाप अध्यारोमा मन अल्झाइरहन्छन। कसैले ढोकामा ढक्ढक्याउछ। झट्पट सम्हालिदै ढोकामा पुग्छिन। आशा निभेपछी निरीह बनेको हातले बत्ती बाल्छिन। - भाउजू! नमस्कार। खुशि युवा क्लबका अध्यक्ष नयन प्रसाद र केही युबाहरु देखापर्छन। रामप्यारीको आखाले देख्छ -एक सिलिन्डर श्वास -एक बोरा पेट - तीनहजार भैपरी आउने खर्च अचानक र अप्रत्याशितको यो संयोगले रामप्यारीको अनुहार मा जुन झुल्कन्छ। कृष्णराज धेरै दिनपछी जुरुक्क उठेर बस्छ। अब दुबैको मुहार भित्ताको ट्युबलाइट भन्दा चहकिलो बन्छ। र ओठ मुस्कुराउछ।
1 Comments
👏👏🔥
ReplyDeletePost a Comment